बबईमा डुबेका एक किशोरको शव ४२ घण्टा पछि भेटियो

तुलसीपुर,३१ बैशाख ।

बवई नदीमा पौडि खेल्ने क्रममा डुबेर एक जना किशोरको शव ४२ घण्टा पछि भेटिएको छ । बिहीबार दिउँसो बेलटाकुरा स्थित बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने अर्जुन वलिका छोरा १६ वर्षीय प्रसान्त वली डुबेर बेपत्ता भएका थिए ।
उनको शव आज बिहान डुबेको स्थान भन्दा १५/२० मिटर तल तैरिरहेको अवस्थामा स्थानीयले देखेका थिए । शव गलेको अवस्थामा रहेको र पोष्टमाट्म गर्नका तुलसीपुर लग्ने तयारी रहेको जसपुर प्रहरी चौकिका इन्चार्ज सई बिर बहादुर भण्डारीले जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिका ११ प्रिगाउ पुर्खौलि घर हजुर आमाको घर पुजामा आएका वली डुवेर बेपत्ता भएका थिए । डुबेको दिन घटना स्थलमा प्रहरी,स्थानीय लगायतको टोलीले किशोरको खोजीकार्य जारी राखेपनि भेटाएका थिएनन् । उनले नारायनपुरको एक बोर्डिङबाट एसईई दिएका थिए ।