दाङमा भान्सार नतिरेर भारतबाट सामान ल्याउने दुईजना पक्राउ

दाङ
२३ साउन/ दाङमा भान्सार नतिरेर सामान ल्याउन खोज्ने दुई जनालाई पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजेतिर गढवा गाउँपालिका वडा नं. ८ कोइलावासबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

भारतबाट अबैध रुपमा भन्सार छलि गरी सामान ल्याउदै गरेको अबस्थामा दाङ घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुर निवासी २८ बर्षीय नर बहादुर पुन र लमही नगरपालिका वडा नं.५ रातोडाँडाँ निवासी ३० बर्षीय प्रदिप खत्रीलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्लाष्टिकको सेतो बोरामा प्याक गरेर ल्याउँदै गरेका १६६ जोर जुता समेत उनीहरुबाट बरामद गरिएको छ ।