निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न गराउन सञ्चारकर्मीहरुको प्रतिबद्धता

सुशील बस्नेत
दाङ,१६ बैशाख ।

सञ्चारकर्मीहरुले स्थानीय तह निर्वाचन २०७९ लाई शान्तिपुर्ण, मर्यादीत,बिश्वसनिय बनाउन आचार संहितालाई पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

सञ्चार प्रतिष्ठान,सम्बद्ध कर्मचारी तथा पत्रकारले स्थानीय तहको निर्वाचनमा पालना गर्नुपर्ने आचारण आचार संहिताका सवालमा संबाद समूहले आज शुक्रबार तुलसीपुरमा आयोजना गरेको संबाद कार्यक्रममा दाङका पत्रकारहरुले प्रतिबद्धता जनाएका हुन ।

स्थानीय तह निर्वाचन : सञ्चार प्रतिष्ठान,सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण बिषयक संबादमा प्रेस काउन्सीलका प्रतिनिधि,नेपाल पत्रकार महासंघ दाङ,बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता थियो । निष्पक्ष, धाँधलीरहित, बिश्वसनिय, मर्यादीत र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न र गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने सहभागिहरुले बताएका थिए । प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीले आचारसंहिता उल्लघंन भयो भनि देखाउनेहरुले आफै उल्घंन गर्ने गरेको टिप्पणी गर्नुभयो । सञ्चारकर्मीहरुले अत्यन्तै जिम्मेवार भई आचार संहिताको पालना गर्नुपर्ने अधिकारीले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, नेपाल प्रेस काउन्सीलले १ सय ५ जना बढी सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोग कर्तालाई आचार संहिता उल्लघंन गरेको भन्दै निगरानीमा राखेको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले आचार संहिता पालना भयो कि भएन भनि नगरानी गर्ने हामीहरुबाटै उल्लघंन हुदै गएको भन्दै दुख ब्यक्त गर्नुभयो । तत्काल आफुबाटै आचारण ब्यबहारलाई सुधार गर्नुहोस् भन्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीले सञ्चार माध्यमले समाचार बनाउदा वा प्रशारण सामाग्रीलाई निर्वाचनमा पक्ष बिपक्षमा बनाएको वा बनाइएको छ कि छैन भन्ने बारेमा अध्ययन बिश्लेषण गर्नुपर्र्ने आबश्यकता औल्याउनुभयो ।


त्यसअबसरमा बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु नारायण खड्का,खेमराज रिजाल,सुनील पोख्रेल, दिपक बोहोरा,अन्जना चौधरी,शरद रेग्मी,भीमलाल मरासीनि,निराजन डाँगी,रामप्रसाद सुबेदीले आचार संहिता कार्यान्वयनमा प्रतिबद्ध रहदै निर्वाचनका क्रममा हुने आचार संहिता उल्लघंनका समाचारलाई प्रकाशन तथा प्रशारण गर्ने बताउनुभयो ।

संबाद समूहका बरिष्ठ सहजकर्ता एव पत्रकार सुशील बस्नेतले निर्वाचनका क्रममा संबादको आबश्यकता किन भन्ने सवालमा स्पष्ट पार्नुभएको थियो निर्वाचन आयोगले तयार गरेको पत्रकारहरुले पालना गर्नुपर्ने आचार संहिताका बारेमा संबाद समूहका सदस्य एव अधिबक्ता बिष्णुमणी धितालले वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण सहजकर्ता निर्मल नेपालीले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन संबाद समूहका सदस्य एव पत्रकार गोपाल शर्मा भट्टराईले गर्नुभएको थियो ।

यसअघि राजनीतिक दल,निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि,बिभिन्न राजनीतिक दलका युवाहरु,नागरिक समाज र बिभिन्न संघ संस्थासँग आचार संहिता कार्यान्वयनका सवालमा संबाद गरिएको थियो ।