शान्तिनगरमा कांग्रेस उम्मेदवारद्वार मतदातासंग भेटघाट

निराश पाण्डे
शान्तिनगर, १५ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा शान्तिनगरमा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेत र उपाध्यक्ष पदका उम्मेदवार प्रेमा केसीले घरदैलो कार्यक्रम लाई तीब्र पारेका छन् ।

यसै क्रममा आज शान्तिनगर गाउँ पालिकाको वडा नम्बर ४ को गिधनिया, गब्दुवा, हिरापुर वडा नं. ३ को पातेटाकुरा, वडा नं. २ को विभिन्न स्थानहरुमा मतदाताहरुसंग भेटघाट गरेका छन् ।


अध्यक्षका प्रत्यासी प्रमोद बस्नेतले आफू समग्र शान्तिनगरको बिकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उठेको बताउदै आफूलाई यस पटकको निर्वाचनमा जिताउन मतदाता समक्ष अनुरोध गरेका छन् ।

साथै बस्नेतले आफुले जितेमा स्वास्थ्य , शिक्षा,कृषि, युबा र महिला लक्षित कार्यक्रम लाई प्राथमिकता दिने बताएका छन् ।