घर–घरमा तुलसीपुर गठबन्धन

तुलसीपुर,१५ बैशाख  ।स्थानीय तहको चुनाव नजिकिदै गर्दा तुलसीपुर क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तिब्र बनाएका छन । बिहिवार गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर घर दैलो अभियानलाइ तिब्र बनाउनुभएको छ ।

उहाँहरु सयुक्त रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को अस्वारा,वडा नं १९ बेलझुण्डी र वडा नं ४ को खाद्रेमा पुगि घर दैलो अभियानलाई तिब्र बनाउनुभएको हो ।

त्यस अवसरमा सम्बोधन गर्दै मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले तुलसीपुको मुहार फेर्न यसपटकको निर्वाचनमा गठबन्धनको उम्मेदवारहरुलाई बिजयी बनाउन नगरवासीहरुमा अपिल गर्नुभएको छ । देशलाई सहि दिशामा निर्देश गर्न विकास निमार्ण देखी लिएर शिक्षा,स्वास्थ्य,गासबास,कपास लगाएत हरेक क्षेत्रमा नेपाली कांग्रेसले मात्रै सफलतापुर्वक भुमिका निर्वाह गर्न सक्ने बताउँदै नेपाली कांग्रेसको विगतको इतिहासलाई फर्केर हेर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

हिजोको दिनमा कम्युनिष्टवादीहरुले चलाउदाँको देश र कांग्रेसले चलाएको देश आम नागरिकले सरलै सहजै रुपमा मुल्याङ्ककन गरेको बताउनुभयो । उहाँले अहिलेको निर्वाचनमा हरेक स्थानीय तहमा कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले जित मात्र होइन अत्याधिक बहुमतका साथ बिजयी हासिल गर्ने दावी गर्नुभयो । चुनाव जितिसकेपछि गरिब,विपन्न,निमुखा महिलाहरुको उत्थानका निम्ती विभिन्न सिपमुलक र रोगजारका कार्यक्रमहरु ल्याउने गिरीले प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले यस अघिका जनप्रतिनिधिहरुले विदाई भएर जादै गर्दा नगरवासीहरुलाई ऋणको भारी बोकाएर जान लागेको भन्दै दुख व्यक्त गर्नुुभयो । उपमहानगरपालिका आफै त ऋणमा छ,यसबाट समृद्धको आस कसरी गर्नु ? गिरीले प्रश्न गर्नुभयो ।


निर्वाचनको अभियानसगै नागरिकहरुको घरदैलोमा पुग्दा पाण्डेलेलाई मेयर पदमा विजयी गराउदाको पछुतो अहिले आफुलाई सुनाउने गरेको बताउनुभयो । आफुले प्रयोग गरेको बिजुलीको महसुल समेत तिर्न नसक्दा बत्ती काटिएको र अहिले उपमहानगरपालिकाको अवस्था नाजुक अवस्थामा पुराएको भन्दै यस क्षेत्रका नागरिहरु आक्रोसीत बनेको बताउनुभयो । ‘नाम मात्रको स्मार्ट सिटि भित्रका विकास अन्तरर्गत सडक,सिसिटिभी क्यामेरा,सडक बत्ती लगाएतको अवस्था झनै अस्तव्यस्त बनेका गिरीले भन्नुभयो,‘चुस्त दुरुस्त रुपमा कार्यसम्पादन गर्न नसक्दा उपमहानगरपालिका ६५÷७० करोड बढीको बेरुजुमा परेको छ ।’

 

कार्यक्रममा उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताउनुभयो । ‘यस पटक नगरवासीहरुले विस्वास गरेर गठबन्धनका उम्मेदवारहरुलाई मत दिनुस,रानाले भन्नुभयोे,‘चुनाव जितेपछि हामीले नगरुवासीले अनुभुति हुने गरि काम गरेर देखाउने छौँ ।’ कम्युनिष्ट सरकारको नियत,काम,चरित्र र व्यवहार प्रति वाक्क÷दिक्क भएका जनताको भावनालाई बझुदै कम्युनिष्टहरुलाई परास्त पार्नका लागि ५ दलिय गठबन्धन गरेको रानाले बताउनुभयो ।‘

अहिले गठबन्धनलाई बिजयी बनाउनुस,अवका पुस्ताले कम्युनिष्ट पनि थिए र भन्ने हामी बनाउछौ,‘रानाले भन्नुभयो ।’ त्यस अवसरमा नेकपा एमाले पार्टी परित्याग गरि २ दर्जन बढीले पार्टी प्रवेश समेत गरेका छन । कम्युनिष्टहरुले आफ्नो परिवार मात्र होइन सारा गाउं,समाज देश नै बर्बाद पारे चुनावी अभियानका क्रममा एक बृद्धिले गुनासो गर्नुभयो ।