एमाले तुलसीपुर ३ को बृहत आमसभा हुने

तुलसीपुर
१३ वैशाख / नेकपा एमाले तुलसीपुर ३ को बृहत आमसभा हुने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चुनावी बृहत आमसभा हुन लागेको वडाध्यक्षका उम्मेदवार विरबहादुर विकले बताए ।


साथै भेलामा सहभागिताकालागि सम्पूर्ण नेता तथा कार्यकर्ता, भातृसंगठनलगायत सुभेच्छुकलाई अनुरोध समेत गरिएको छ ।

बुधबार विहान ११ बजे मावि दमारगाउँ स्थित चौतारामा उक्त भेला हुन लागेको हो ।