घोराही उपमहानगरमा सत्ता गठबन्धनले दियो उम्मेदवारी

दाङ
१२ वैशाख / सत्ता गठबन्धनबाट घोराही उपमहानगरको प्रमुख पदमा हेमराज शर्मा “डायमण्ड”ले मनोनयन दर्ता गरएका छन् । मनोनयन दर्ताको दोस्रो दिन सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शर्माले प्रमुख पदमा र कांग्रेसका भुपबहादुर डाँगीले उपप्रमुख पदमा उम्मेदवारी दिएका हुन् ।

सत्ता गठबन्धन तर्फका उम्मेदवाहररुले घोराहीमा तामझाम, बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।


उम्मेदवारी दिदै शर्माले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा बिकास गरिने बताए ।