जाल्पा सामुदायीक लघुवित्तले गर्याे वार्षिक समिक्षा

सल्यान, ११ बैशाख ।

जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्था लिमिटेडले सल्यानको कपुरकोटमा वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । आइतबार शाखा स्तरिय वार्षिक केन्द्र प्रमुख समिक्षा गोष्ठी सम्पन्न भएको जाल्पा सामुदायीक लघुवित्तले जनाएको छ ।

लुहाम शाखा अन्तर्गत ६ नम्बर केन्द्रका उपप्रमुख प्रेम कुमारी वोहोराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बीनि प्रदेश कार्यालयका प्रमुख पवन योगीले जाल्पा सामुदायीक लघुवित्त राष्ट्रिय स्तरको वित्तिय संस्था रहेको बताए । उनले ग्रामीण एवम् शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए ।


पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले लघु वित्तको सेवालाई विपन्न तथा न्युन आय भएका व्यक्तिको घर सम्म प्रभावकारी रुपले लैजानुपर्नेमा जोड दिए । उनले लघुवित्तबाट लिएको कर्जालाई उत्पादनमुलक कार्य र व्यवशायमा सदुपयोग गर्नुपर्ने बताए । लुहाम शाखा प्रवन्धक डिला पाण्डेले संस्थाको हाल सम्मको स्थितिबारे प्रस्तुती राखेकि थिइन् । उनले हाल सम्म संस्थाको कुल वचत ४ करोड ८५ लाख २७ हजार ६१६ रुपैयाँ रहेको बताइन् । यस्तै हाल सम्मको ऋण लगानी ४३ करोड ५९ लाख ५७ हजार ६०० रुपैयाँ रहेको र ३४ करोड ३० लाख ७० हजार ८८४ रुपैयाँ ऋण असुली भइसकेको जानकारि दिइन् ।

गोष्ठीमा संस्थाका वरिष्ठ प्रवन्धक सरोज शर्मा लगाएत संस्थामा आवद्ध विभिन्न समूहका सदस्यहरुको सहभागीता थियो । सो अवसरमा उत्कृट ३ वटा केन्द्रलाई पुरस्कृत गरिएको थियो भने संस्थामा आवद्ध ३ जना उत्कृष्ट व्यवशायीहरुलाई पनि सम्मान गरिएको थियो । संस्थाका लुहाम शाखाका अनुगमन अधिकृत गगन योगीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्थाले सल्यान सहित रोल्पा र दाङमा पनि सेवा विस्तार गरेको जनाएको छ । जसमा १२८ वटा केन्द्र अन्तर्गत ५०७ वटा समूह रहेका छन् । १६७२ सदस्य संख्या रहेको जाल्पा सामुदायीक लघुवित्तको लुहाम शाखामा ऋणिको संख्या ७६४ जना रहेको बताइएको छ । २०६७ जेठ २ गते जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडशाखा कार्यालय लुहामको स्थापना भएको थियो ।