युवाहरुद्वारा रक्तदान

तुलसीपुर
२३ साउन / ‘खाद्यमा रुपान्तरणः मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रबर्धन’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को सप्ताहव्यापी कार्यक्रमको आज दोस्रो दिन युवाहरू द्वारा तुलसीपुरमा रक्तदान गरिएको छ ।

नेपाल स्काउट तुलसीपुरका अध्यक्ष छवि कुमार ओलीको अध्यक्षता एवम जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


नेपाल परिवार नियोजन संघका प्रबन्धक वसन्त खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा समाजसेवी केशव सापकोटा, नेपाल स्काउटका लुम्बिनी प्रदेश सदस्य रबिन ओली, रेडक्रस सोसाइटी दाङका भिमलाल मरासिनी, पत्रकार गणेश आचार्य लागाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, समाजसेवी केशव सापकोटा, पत्रकार गणेश आचार्य, गोबिन्द केसी, मदन बस्नेत, योगेश मल्ल, सुबर्ण ओलि, धर्म ओलि, लोकेन्द्र ओलि, सुन्दर भण्डारी, इश्वर केसी, सागर खड्का, रोशन खत्री, हिमाल ओलि, प्रतीक्षा अधिकारी, खेमराज डाँगि, हुमलाल बस्याल, रुद्र ढकाल,गंगाराम केसी, बिशाल डाँगी, सृष्टि बोहरा, चेत बहादुर केसी,अमित आचार्य हिमलाल चौधरी लगाएतले रक्तदान गर्नुभएको छ । उक्त कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपाल दाङका कार्यक्रम संयोजक तेज राज ओलीले गरेका थिए ।