तुलसीपुर उपमहानगरको बजेट १ अर्ब ७९ करोड ४५ लाख

तुलसीपुर, ११ असार ।
तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्र र बजेट एकैदिन ल्याएको छ । नीति तथा कार्यक्रम नगर प्रमुख टिकाराम खड्काले बिहान साढे ११ बजे प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी उपमहानगरको १३ औ नगरसभामा नगर प्रवक्ता माधव वलीले आर्थिक वर्ष २०८०/०८१ लागि ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० रुपैयाँ बराबरको प्रस्तुत गर्नु भएको छ ।

कुल बजेट मध्य सबैभन्दा बढि विकास र शसक्तिकरण तर्फ कुल खर्च रू.१ अर्ब ३० करोड ८८ लाख ५१ हजार २ सय ५९ रुपैयाँ विनियोजन गरिएको छ । यो रकम कुल बजेट खर्चको ७२.९३ प्रतिशत रहेको छ । यसैगरि प्रशासनिक खर्च तर्फ कुल खर्च रू.४७ करोड ७ लाख १८ हजार ४ सय ९१ विनियोजन गरिएको छ ।


त्यसैगरी आन्तरिक श्रोतबाट रू. २१ करोड, स्थानीय तह राजश्व वाडफाड मालपोत रजिष्टेशनवाट रू.१२ करोड, ढुंगा गिट्टि दहत्तर बहत्तरवाट प्राप्त रू.३ करोड र विज्ञापन कर रु. १५ लाख गरि कुल आन्तरिक आम्दानी रु.३६ करोड १५ लाख बराको अनुमान गरिएको छ । त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान रू.२९ करोड ८ लाख, सशर्त अनुदान रू.६५ करोड १३ लाख, समपुरक अनुदान रू. ७५ लाख, विशेष अनुदान रू. १ करोड र राजश्व बाँडफाड संघ रू. २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टी रू. १५ लाख गरि कुल रू. १ अरब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुनेछ ।

त्यसै गरि प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान रू. २ करोड २३ लाख, ४१ हजार सशर्त अनुदान रू.२ करोड ३६ लाख, ५० हजार समपुरक अनुदान रू.२ करोड, राजश्व बाँडफाड प्रदेश रू.२ करोड ११ लाख ३० हजार ७ सय ५० कुल ८ करोड ७१ लाख २१ हजार ७ सय ५० मात्र र अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण रू.११ करोड,युनिसेफअनुदान रू. ४५ लाख र सडक वोर्ड नेपाल रू. १ करोड, यु.एस.आइ.डी. रू.३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरि कुल आम्दानी बजेट अनुमान गरिएकोमा व्यय तर्फ कार्यालय संचालन र प्रशासनिक खर्च रू. २६ करोड ७४ लाख ९१ हजार ४ सय ९१, नगर विकास कोष सावा व्याज किस्ता भुक्तानी रू.१ करोड ५० लाख, सवै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च रू.१९ करोड ३७ लाख ५० हजार, वडा स्तरीय प्रशासनिक,योजना तथा कार्यक्रम खर्च रू.६ करोड ७२ लाख, नगर स्तरीय योजना तथा कार्यक्रम खर्च रू.४ करोड ८१ लाख १ हजार २ सय ५९ ,संघ प्रदेस र अन्य म्याचिङ रू. ४ करोड ६० लाख नगर विकास कोष म्याचिङ रू. २ करोड गत आ.व.भुक्तानी बाँकि खर्च रू.२७ करोड, संघीय सरकार सशर्त योजना तथा कार्यक्रम खर्च रू.६५ करोड १३ लाख, संघीय सरकार समपुरक अनुदान योजनाहरु रू. ७५ लाख , संघीय सरकार विशेष अनुदान योजना तथा कार्यक्रमहरुको खर्च रू. १ करोड, प्रदेश सरकार सशर्त योजना तथा कार्यक्रमहरुको खर्च २ करोड ३६ लाख ५० हजार,प्रदेश सरकार समपुरक योजना तथा कार्यक्रम खर्च रू. २ करोड, तुलसी ट्रेड टावर रू. ११ करोड, वास कार्यक्रम संचालन रू. ४५ लाख,सडक वोर्डका योजना तथा कार्यक्रम खर्च रू. १ करोड,यु.एस.आइ.डी. कार्यक्रम खर्च रू. ३ करोड ७७ हजार गरि कुल बजेट खर्च रू. १ अरव ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५०अनुमान गरिएको छ ।