विद्युत मर्मत गर्ने क्रममा कर्मचारीलाई करेन्ट

दाङ,१५ असार ।
विद्युत मर्मत गर्ने क्रममा दाङको तुलसीपुर स्थित विद्युत प्राधिकरण वितरण केन्द्रमा कार्यरत दुई जना कर्मचारीलाई करेन्ट लागेको छ । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नंं.८ अस्वारा शव स्टेशनबाट वितरण हुने बालापुर र भमके फिडर मर्मत गर्ने क्रममा सुपरभाइजर इन्चार्ज जितेन्द्र पुन र फोरमेन राजेन्द्र बुढाथोकी करेन्ट लागेर घाइते भएका हुन् ।


उनीहरुको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचार भइरहेको वितरण प्रमुख सुरेश कुमार महतोले बताए । उनका अनुसार दिउसो १२ बजेतिर यसरी करेन्ट लागेको हो । विद्युत मर्मत गर्ने क्रममा तीन वटा फिडर मध्ये दुई वटा फिडर मात्रै ‘सटटाउन’गरेको र एउटा फिडर सर्टटाउन गर्न विर्सेकाले करेन्ट लागेको हो । करेन्ट लागेपछि त्यस स्थानमा हाल विद्युत सेवा अबरुद्ध छ । केही समयमा कर्मचारी पठाएर सेवा सूचारु गर्ने तयारी रहेको समेत प्रमुख महतोले बताए ।