खुर्सानी खेति तालिम

तुलसीपुर
९ बैशाख / दाङको घोराही उपमहानगरपालिका वडा नं. ७ शुकबारमा खुर्सानी खेति तालिम भएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था नारायणपुर शाखा र हरियो बजारको आयोजनामा उक्त तालिम भएको हो । ८ जना सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । प्रशिक्षकमा संस्थाका कृषि प्राबिधिक शरद चौधरी र जानकी नेपाली रहेका थिए ।


त्यस अवसरमा तालिमको उद्देश्य र महत्व बजार व्यबस्थापकक कमलाकान्त दाहालले प्रष्ट पारेका थिए । तालिममा सैद्धान्तिक र व्यबहारिक सिकाई प्रदान गरिएको थियो । सहभागिहरुलाई १० कठ्ठा खुर्सानी पकेट क्षेत्रमा अकवरे खुर्सानीको विरुवाहरु लगाउने तरिका बारे प्रशिक्षण दिईएको थियो ।