तुलसीपुर
८ वैशख / तुलसीपुर उपमहानगरपालिका वडा नंं. १ लाई बालश्रममुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकाका कार्यबहाक प्रमुख माया आचार्यले उक्त वडालाई बालश्रममुक्त घोषणा गर्नुभएको हो । यो संगै तुलसीपुरका ३ वटा वडा बालश्रममुक्त भएका छन् ।
यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नं.६ र २ बालश्रम मुक्त भइसकेका छन् । वडामा बालश्रमलाई शून्यमा झारेपछि बालश्रममुक्त वडा घोषणा गरिएको तुलसीपुर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो ।
उपमहानगरपालिकालाई नै बालश्रम मुक्त बनाउने अभियान अन्तर्गत वडा–वडालाई बालश्रम मुक्त बनाउन लागिएको हो । अब लगत्तै वडा नम्बर १७ र १८ लाई पनि बालश्रम मुक्त वडा घोषणाको तयारी गरिएको छ ।
वडा सदस्य गौरी नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडाका कर्मचारी होमजंग बिकले गरेका थिए ।
लाइभदाङ । ८ बैशाख २०७९, बिहीबार ०९:३४ बजे