
तुलसीपुर, ४ भदाै । दाङ तुलसीपुरका इलेक्ट्रिक तथा मोवाइल पसल आज बुधबार बन्द हुने भएका छन् ।
तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिका संस्थापक अध्यक्ष दुर्गाप्रसाद भुसालको असामयिक निधनप्रति सम्मान प्रकट गर्दै आज तुलसीपुर क्षेत्रका सम्पूर्ण मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय पूर्ण रूपमा बन्द रहने भएका छन्।
भुसालको मंगलबार राति निधन भएको हो ।
उनी तुलसीपुरको घोराही रोड स्थित कालिका अडियो सेन्टरका सञ्चालक हुन् ।



लाइभदाङ । ४ भाद्र २०८२, बुधबार ०८:०७ बजे