दाङमा तीर्थालु भक्तजन सवार ट्याक्टर हुँदा ९ जना घाईते

लमही, २ बैशाख ।

देउखुरीबाट भारतको उत्तरप्रदेश स्थित पाटनदेवी मन्दिरमा लागेको मेला भर्न जाँदै गरेको तीर्थालु भक्तजन सवार ट्याक्टर दुर्घटना भएको छ । गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा रा १ त ३७० नम्बरको ट्याक्टर दुर्घटना सवार ९ जना भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको टाउँको, हात, अनुहारमा गम्भिर चोट लागेको छ ।


घाईतेहरुलाई उद्धार गरेर अहिले लमही अस्पताल पु¥याइएको गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिनुभयो । गढवा गाउँपालिका वडा नं. ४ र ६ का स्थानीय ट्याक्टर चढेर पाटनदेवी जाँदै गरेका थिए ।

ट्याक्टरमा कम्तिमा २५ जना सवार थिएँ । साना बालबालिका पनि ट्याक्टरमै रहेको र उनिहरुलाई पनि चोट लागेको छ । गम्भिर घाईते भएकाहरुलाई थप उपचारको लागी बुटवल रेफर गरिएको छ । ट्याक्टर न्यूटलमा भएकाले ब्रेकले काम नगरेपछी दुर्घटनामा परेको अनुमान प्रहरीको छ ।