प्रेस चौतारीको तुलसीपुर नगरस्तरीय कमिटि चयन

तुलसीपुर, २ बैशाख ।

नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले समृद्ध समाज निर्माणको सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । ‘एक वडा एक चौतारी सदस्य’ अभियान तुलसीपुरमा आयोजित सञ्चारसिप सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन । यसका लागी सत्य र तथ्यपरक समाचार सम्प्रेषन गर्नुपर्ने उनको जोड थियो । प्रेस चौतारी दाङका उपाध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि एमाले प्रदेश कमिटि सचिवालय सदस्य टिकाराम खड्काले राम्रा कामको प्रशंसा फैलाउने सवालमा अपबाफ फैलाउने परीपाटिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाले दलिय स्वार्थमा लागेर सञ्चार माध्यमबाट गलत सूचना दिन नुहुने बताउनुभएको थियो ।


नेपाल पत्रकार महासंघका सह सचिव दिप्तीशिखा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एमाले दाङका उपसचिव कृष्ण भुषाल, संगठन विभाग प्रमुख श्याम डँगी,एमाले नगर कमिटि अध्यक्ष माधव वली लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्य,चौतारी विभाग प्रमुख संगित बस्याल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,चौतारी दाङका सल्लाहकार बसन्त आचार्यले सञ्चार र सम्भावनाका बारेमा प्रशिक्षनात्मक मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण बसन्त परियारले गनुभएको थियो ।

यसैविच, ‘एक वडा एक चौतारी सदस्य’ अभियान अन्र्तगत तुलसीपुर नगरस्तरीय प्रेस चौतारीको कमिटी गठन गरिएको छ । आज आयोजित भेलाले बसन्त परियारको अध्यक्षतामा २३ सदस्यीय कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेम कुमारी पुन,सचिवमा राजन लामिछाने,कोषाध्यक्षमा शंकर भुषाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा ईम प्रसाद धिताल,अविशेक गुप्ता,सुभाष भट्टराई,दिपा पुन,तुलसा ओली,प्रेरणा परियार,माधव वली,केवल डँगी,प्रकाश परियार, गोविन्द साउथ, भिम बहादुर वली,प्रदिप बस्नेत,सुमन चौधरी,विकेश चौधरी,निमा चौधरी,निर्मला विक,विरबहादुर रिजाल,विस्माथ केसी र दिपक घर्ति मगर रहनुभएको छ ।