अवैधानिक रुपमा विधान अधिवेशन गर्न खोज्दा समस्या

रामप्रसाद सुवेदी
दाङ, १६ असार ।

जनसम्पर्क समिति दक्षिण कोरियाले विधान अधिवेशन एक्लौटी र अवैधानिक ढंगले आयोजना गर्न लागेको भन्दै असन्तुष्ट पक्षले आपत्ती जनाएका छन् । आगामी जुलाइ १० तारिख आयोजना गर्न लागेको अवैधानिक विधान अधिवेशनको निर्णय तत्काल खारेज गरि पुनः छलफल र आन्तरिक गृहकार्य पूरा गरि बैधानिक ढंगले विधानको धारामा टेकेर आउन असन्तुष्ट पक्षले नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएको छ ।


यस अघि समितिको बैठकले डा. अग्निराज कोइरालाको नेतृत्व मा बिधान संसोधन समिति गठन गर्ने र उक्त समितिले विधान अधिवेशनमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको थियो । यस निर्णयको असन्तुष्ट पक्षले बिरोध जनाउदै आएका छन् । समितिले महाधिवेशनमा पेश गर्नुपर्ने प्रस्ताव विधान अधिवेशनमा प्रस्तुत गर्न लागेपछि समस्या देखिएको निबर्तमान समन्वय बिभाग प्रमुख एबम छैटौं महाधिवेशनका विधान संसोधन समिती संयोजक कबिराम भन्डारी बताउनुहुन्छ ।

अवैधानिक निर्णयको शशक्त प्रतिबाद गर्न असन्तुष्ट पक्षले अपिल गरेको छ । असन्तुष्ट पक्षको माग सम्बोधन नभए त्यसको परिणाम नराम्रो आउने र नेतृत्वलाई ठूलो क्षती हुने असन्तुष्ट पक्षले दाबी गर्दै आएको आएको केन्द्रीय निर्वाचन प्रतिनिधि तथा निबर्तमान सदस्य मेघराज पौडेलले जानकारी दिनुभएको छ ।