राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भोलि देउखुरी आउने

दाङ, २ बैशाख ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी भोलि देउखुरीमा आउनुहुने भएको छ । जनमोर्चाको जिल्ला सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी शनिबार (भोलि) देउखुरी आउन लाग्नुभएको हो ।


राष्ट्रिय जनमोर्चा राप्ती गाउँ कमिटीले आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्न अध्यक्ष केसी देउखुरी आउन लाग्नुभएको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

पालिकाको चुनाव नजिकिदै गएको अवस्थामा जनमोर्चाले चुनावी अभियानलाई तिब्रता दिएको छ । अध्यक्ष केसीले भोलि दिउँसो १ बजेतिर चुनावी विशाल सभालाई सम्बोधन गर्ने जिल्ला अध्यक्ष आचार्यले जानकारी दिनुभयो । विशाल सभामा उपस्थितिका लागि राष्ट्रिय जनमोर्चा दाङले सबैमा हार्दिक अनुरोध गरेको छ ।