घोराहीमा महायज्ञ शुरु, पहिलो दिन सवा लाख संकलन

घोराही, १ बैशाख ।


दाङको घोराहीमा आजबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा संस्कार गृह निमार्णसंगै संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ महायज्ञ शुरु गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभयो ।
महायज्ञ शुरु गर्नुअघि झाँकीसहितको र्याली निकालिएको थियो । सो र्याली पश्चात औपचारिक कार्यक्रम गरी महायज्ञ थालनी भएको छ । मूल आयोजक समिति अध्यक्ष आचार्यको अध्यक्षता, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष एवं प्राध्यापक लेखनाथ आचार्यको प्रमुख आतिथ्य तथा प्रमुख कथा वाचक कोमल उपाध्यायको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी महायज्ञ शुरुवात गरिएको छ । सो अवसरमा प्रमुख अतिथि आचार्यले असल चरित्र निर्माणका लागि आयोजकले थालेको यो अभियानमा सबै नागरिक जोडिन आवश्यक रहेको बताउनुभयो । उहाँले भौतिकवादमा लिप्त हुँदै गएको समाजलाई असर आचरण सिकाउन जरुरी रहेकाले यस प्रकारका अभियानले समाजलाई सही बाटोमा हिँडाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बैशाख ८ गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका संकलित दानबाट संस्कार–गृह निमार्ण र संचालनको प्रयास गरिएको छ ।
उदघाटन कार्यक्रममा महायज्ञ संचालक समिति संयोजक हरिप्रसाद पाण्डेयले महायज्ञ संचालनका बारेमा प्रकाश पार्नुभएको थियो प्रमुख कथा वाचक कोमल उपाध्याय, सुरक्षा व्यवस्थापन समिति संयोजक रेशम खड्का, सहिद स्मृति पार्क तथा सांस्कृतिक संग्रहालय समिति अध्यक्ष दीपक चौधरीलगायतले बोल्नुभएको थियो । मूल आयोजक समिति सहसंयोजक डा। हीमलाल पन्थीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सरद आचार्यले गर्नुभएको थियो ।
यसैबीच, महायज्ञको पहिलो दिन बिहीबार १ लाख २१ हजार ७ सय ८० रुपैया संकलन भएको छ । जसमा चन्द्रप्रकाश देवकोटाले १ लाख १ हजार पन्ध्र, खिमबहादुर न्यौपानेले दश हजार पाँच, ध्रुव गौतमले पाँच हजार पाँच सय ५५ र विनयकुमार मिश्राले पाँच हजार १ सय ५ रुपैयाँ दान गर्नुभएको महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक कमल वलीले बताउनुभयो ।