नेशनल प्याव्सन वर्ष उत्कृष्ट विद्यार्थी २०७८ सम्पन्न

तुलसिपुर ३० चैत्र ।
नेशनल प्याव्सन वर्ष उत्कृष्ट विद्यार्थी २०७८ सम्पन्न भएको छ । नेशनल प्याव्सन दाङको आयोजना , भिक्टोरिया ट्यिुशन सेन्टर तुलसिपुरको प्रायोजन तथा प्रदेश टुडे राष्ट्रिय दैनिकको मिडिया पार्टनर सिपमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रत्येक वर्ष आयोजना हुने वर्ष उत्कृष्ट विद्यार्थी प्रतिस्पर्धा वाट छात्र तर्फ १ जना र छात्रा तर्फ १ जना लाई उत्कृष्ट विद्यार्थी छनौट गरिन्छ । उत्कृष्ट विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गर्नुका साथै विद्यालयलाई सम्मान गरिदै आयको नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमले जानकारि दिनुभयो । नेशनल प्याव्सन दाङले सि परिक्षाको अभ्यसमा सहयोग पुग्ने गरि प्रत्येक वर्ष सि परीक्षा अगाडि यस्तो प्रतिस्पर्धा गराउदै आयको छ । हाम्रो उदेश्य भनेको उत्कृष्ट छात्रछात्रा छनौट गर्नुका साथ साथै सि परिक्षालाई समेत सहयोग पुगोस भन्ने हो त्यसैले ३ घण्टा समय दियर परीक्षा मार्फत छनौट गर्छौं अध्यक्ष गौतमले भन्नू भयो । आज परीक्षा सम्पन्न भएको छ २-४ दिनमै नतिजा सार्वजनिक गर्ने र साधारण सभामा पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको सचिव ठाकुर प्रसाद डागिले जानकारि दिनु भयो । प्रतियोगितामा नेशनल प्याव्सन दाङमा आवद्द मावि तहका विद्यालयमा अध्यणरत छात्ररछात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा भएको थियो भने सहजिकरण सचिव ठाकुर प्रसाद डागिले गर्नु भएको थियो ।