एमालेबाट तुलसीपुर – ११ को अध्यक्षमा ६ जना सिफारिस

तुलसीपुर, २७ चैत ।

नेकपा एमालेले तुलसीपुर – ११ ले अध्यक्ष पदको लागि ६ जनाको नाम सिफारिस गरेको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिसका लागि आयोजित वडा भेलाले मान बहादुर रावत, सन्तोष केसी, भागिराम चौधरि, महेश चौधरि,सरस्वति भुषाल, सिताराम चौधरिको नाम अध्यक्षका लागि सिफारिस गरेको छ । आकांक्षि धेरै भएको र सहमति हुन नसकेपछि ६ जनाको नाम सिफारिस भएको हो ।


त्यसैगरि पुरुष सदस्यमा होताराम बस्नेत , निम बहादुर भण्डारी , हुम बहादुर केसी, यज्ञबहादुर बस्नेत, तिलकराा थारुको नाम सिफारिस भएको छ । महिला सदस्यमा हरिकला डागि, सुमित्रा न्यौपाने र कमला चौधरिको नाम सिफारिस भएको छ । यस्तै दलित महिला सदस्यमा भने सर्वसम्मत रुपमा प्रभा परियारको नाम सिफारिस भएको छ । वडा कमिटिका अध्यक्ष भागिराम चौधरिको अध्यक्षता तथा प्रदेश कमिटी सदस्य कालूराम चौधरिको प्रमुख आतिथ्यमा भेला भएको थियो ।