दाङमा राति १० बजेपछि देउसी खेल्न नपाईने

तुलसीपुर, २५ कार्तिक ।
दाङमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ । राति देउसी खेल्दा असुरक्षित हुने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ती जारी देउसी खेल्ने समय निर्धारण गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार भूईचम्पा, पटका, आतिशवादीजस्ता विस्पोटक र प्रज्वलनशिल पदार्थको प्रयोग र बिक्रि समेत रोक लगाईएको छ । यस्तै जिल्लामा विदेशी माछा र दुग्ध पदार्थको आयातमा समेत कडाई गरिएको छ ।

गृहमन्त्रालयको निर्देशन बमोजिम दाङमा विदेशी माछा र दुग्ध पदार्थको आयात तथा उपभोगमा कडाई गरिएको सहायक प्रमुख जिल्ला अधिकार साबित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।


यस्तै प्लाष्टिक जन्य फूल तथा मालाको बिक्रि वितरणमा पूणर्रुपमा प्रतिवन्ध लगाइएको छ । वातावरण र स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी प्लाष्टिक जन्य फूल तथा मालाको बिक्रिवितरण प्रयोग नगर्न अनुरोध गरिएको छ । विज्ञप्तीमाफर्त तिहारमा स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।