प्रेस सेन्टर घोराही शाखा गठन, अध्यक्षमा डाँगी

दाङ,२७ चैत ।

प्रेस सेन्टर नेपाल घोराही उपमहानगरपालिकाको अध्यक्षमा सन्तोष डाँगी चयन भएका छन् ।

प्रेस सेन्टर नेपालका सन्तोष डाँगीको अध्यक्षता तथा प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज अजयदीप शर्माको प्रमुख आतिथ्यतामा भएको भेलाले डाँगीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा हेमराज परिवर्तन र वर्षा मगर, सचिवमा आभाष बुढाथोकी, सह सचिवमा रोम थापा र कोषाध्यक्षमा अस्मिता परियार चयन भएका छन् ।


सदस्यहरुमा देवका परियार, लालसुर विष्ट, रमन शर्मा, शालिकराम चौधरी, खेमराज न्यौपाने, भ्यूमन मगर, हिमाल मगर, शुरेश मगर, विष्णु गोराथोकी, प्रतिक्षा मगर, एलिजा चौधरी, कमला पौडेल, सिर्जना चौधरी, महेन्द्र विक रहनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटिका सचिव भागिदाश चौधरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी, लक्ष्मी आचार्य, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष भावना सुवेदी, मुख्य सचिव भुपेन्द्रप्रकाश वली, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, जिल्ला सचिव जनक नेपाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य केशरमान बुढाथोकी, प्रेस सेन्टर तुलसीपुर उपमहानगरपालिकाका राकेश बस्नेत, प्रेस सेन्टर बंगालचुलकीका अध्यक्ष जीवन नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष हेमराज परिवर्तनको स्वागत मन्तव्यवाट सुरु भएको भेलाको सहजीकरण आभास बुढाथोकीले गरेका थिए ।