तुलसीपुरको मेयरमा एमालेबाट शर्माको दावी

तुलसीपुर,२४ चैत ।

नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा विनोद शर्माले दावी गरेका छन् । एमालेका प्रदेश कमिटि सदस्य तथा दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’का इञ्चार्ज समेत रहेका शर्माले आफू तुलसीपुरको मेयरमा बलियो दावेदार रहेको बताएका छन् । लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय शर्माले आफूसंग तुलसीपुरको विकास र समृद्धिको खाका रहेकाले मेयर भएपछि त्यसलाई पूरा गर्ने बताए ।


उनले यस अघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मुख्यमन्त्री ग्रामिण रोजगार कार्यक्रमलाई पनि कुसलता पूर्वक सम्पन्न गरेको समेत बताए ।‘म कुनै पनि हातलमा मेयरमा आउनु पर्छ’,उनलेभने‘म संग यहाँको विकासको भिजन पनि छ, पार्टीले यसमा ध्यान पु¥याउनेछ ।’ यस क्षेत्रका जनतामा पनि भिजेको र लोकपृय मत ल्याएर जित्ने उनको विश्वास रहेको छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ ।