एनप्याब्सनको स्थापना दिवसमा खाद्यान्न वितरण

तुलसीपुर, २८ पुस ।
नेसनल प्याब्सन दाङले २७ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रममा खाद्यन्न वितरण गरेको छ । घोराही स्थित तेरौटे बृद्धआश्रममा एक बोरा चामल, ५० केजी आलु, ५ केजी दाल, ५ केजी गन्जी, ५ केजी तरुललगायत सहयोग गरको हो ।


अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता एवम् केन्द्रिय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । जिल्ला उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य भिम बहादुर बुढाथोकी, लुम्बिनी प्रदेश सहकोषाध्यक्ष नरेश आचार्य, बृद्धआश्रम सेवा समितिका अध्यक्षलगायतले शुभकामना व्यक्त गरेका थिए ।