तुलसीपुरमा पाचँ दलको गठबन्ध

तुलसीपुर,२४ चैत ।

तुलसीपुरमा पाचँ दलिय गठबन्धले वडा तहसम्म गठबन्धन गरेर उम्मेद्वारलाई उठाउने सहमती गरेको छ । तुलसीपुर गठबन्धनलाई ठोेस रुप दिन जिल्ला र केन्द्रलाई अनुरोध गरेको छ ।

आउदै गरेको चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर अघि बढ्ने बताएका छन् ।


यसैगरी गठन्धन गराएर वडा तहदेखि वडा अध्यक्ष, वडा सदस्य, मेयर, उपमेयर लगायतको टोली बनाएर जाने निणर्य भएको छ । चुनाव जित्नको लागि विभिन्न खालका रणनिति बनाएर जाने सहमति भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका तुलसीपुरका सभापति सुरेश हमाल, सचिव बिमल पौडेल, राष्ट्रिय जनमोर्चाका शुक्रराज भण्डारी, दुर्गाप्रसाद भण्डारी, नेकपा एकीकृत समाजवादीका डिल्लीबहादुर डागी, बिष्णु थापा, नेकपा माओवादीका प्रेमराज ओली र जनता समाजवादी पार्टीले टोपबहादुर महतराको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस तुलसीपुरका सभापति सुरेश हमालको अध्यक्षतमा कार्यक्रम भएको हो ।