टाइफाइड खोप सम्बन्धी अभिमुखीकरण गोष्टी सम्पन्न

कपिल लामिछाने

तुलसीपुर,२३ चैत ।


टाइफाइड रोग बिरूद्ध सुरक्षित खोप र यसको प्रभावकारिता सम्बन्धी एक दिने अभिमुखीकरण गोष्टी आज तुलसीपुर १८ अन्तर्गत नगर स्वास्थ्य केन्द्र हेमन्तापुरमा सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि,सरोकारवाला, लगाएतको सहभागितामा गोष्टी सम्पन्न भएको हो । गोष्टीमा प्रशिक्षण दिँदै नगर स्वास्थ्य केन्द्रका प्रमुख डिल्ली शर्माले टाइफाइट रोग कसरी सर्दछरु यो रोग कुन कुन उमेर समुहका मानीसहरुमा बढि देखापर्छरु यो रोगको मुख्य लक्ष्यणहरु के के हुन ? लगाएत यस रोग सम्बन्धी अन्य कुराहरुको बारेमा स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रम सँगै सरोकारवालाहरु सँग यस रोगको पहिचान, निदान कसरी गर्न सकिन्छ रु के टाइफाइड बिरुद्धको खोप सुरक्षित र प्रभावकारि छ भन्ने बिषयमा छलफल भएको थियो ।

राष्ट्रिय अभियानको रुपमा यहीँ चैत २५ गतेदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने १५ महिनादेखि १५ बर्ष उमेर समुहका सबै बालबालीकाहरुलाई खोप कार्यक्रममा सहभागिता जनाउन समेत गोष्टिले अनुरोध गरेको छ । प्रत्येक बालबालीकाहरुले आफ्नो स्थानिय तहको वडामा रहेका तोकिएका बिद्यालय र स्वास्थ्य संस्थाबाट खोप प्राप्त गर्न सक्नेछन् । साथै १५ महिनादेखि १५ बर्ष सम्मका बालबालीकाहरुले यस अघि टाइफाइड बिरूद्धको खोप लगाएको भएपनि यो अभियानमा १ मात्रा खोप लिनुपर्ने शर्माले बताउनुभयो । उक्त अभिमुखीकरण गोष्टीमा तुलसीपुर १८ का कार्यवाहक वडा अध्यक्ष धन बहादुर बस्नेत, सरोकारवाला शिव थापा, युवा क्लवकी अध्यक्ष तुलसा बुढाथोकि, लगाएतले यस खोपबाट हुने असर र यसको दिर्गकालीन समस्याहरुका बिषयमा आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो ।