दक्षिण इजरायलमा इरानी आक्रमण : ४ जनाको मृत्यु, २२ जना घाइते

काठमाडौं, १० असार ।
इरानबाट भएको क्षेप्यास्त्र आक्रमणपछि इजरायली उद्धार संस्था मगेन डेविड अदोमले पछिल्लो विवरण सार्वजनिक गर्दै दक्षिण इजरायलमा कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

संस्थाका अनुसार हालसम्म २२ जना घाइते भएका छन्। तीमध्ये २ जना मध्यम अवस्थामा रहेका छन् भने बाँकी २० जनाको अवस्था सामान्य रहेको जनाइएको छ।


आक्रमणपछि उद्धारकर्मीहरू भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएका छन्। तस्बिरहरूमा देखिएअनुसार घटनास्थलमा ठूलो क्षति भएको छ। यो आक्रमणले इजरायलका विभिन्न सहरहरू प्रभावित भएका छन्।