अखिल नेपाल यातायात मजदुर संघको प्रदेश इञ्चार्जमा डाँगी, अध्यक्षमा विक

तुलसीपुर
१२ भदौ / अखिल नेपाल यातायात मजदुर संघका लुम्बिनी प्रदेशको इन्चार्जमा घनश्याम डाँगीलाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको सम्मेलनले डाँगीलाई इञ्चार्जमा चयन गरेको हो । त्यस्तै संघको अध्यक्षमा उदय बहादुर बिक(प्रदिप)लाई चयन गरिएको छ । जसको उपाध्यक्षमा बिष्णु बीसी,सचिबमा भक्तबहादुर बिक, सह–सचिबमा शेरसिङ डाँगी र कोषाध्यक्षमा होम बहादुर पाण्डेलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा प्रकाश नेपाली, छवि प्रसाद बस्नेत ,सियाराम चौधरी , वसन्त सुबेदी, हर्क बहादुर पुन, सुबास रिजाल , प्रल्हाद खड्का , सेतुलाल पुलामीलाई चयन गरिएको छ ।

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य घनश्याम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिलिप सोनीले गरेका थिए ।

मजदुरको समस्यामा राज्य गम्भीर छैन : कार्की


अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले मजुदुरलाई राज्यले सम्मान गर्न नसकेको बताएका छन् । मजदुरका हक अधिकारकालागि मजदुर एक हुनुपर्ने समेत उनको भनाई छ ।

त्यस अवसरमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भणडारी, र दान बहादुर ओलीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्ल,नेपाल यातायात व्यावसायी महासंघका केन्द्रिय सल्लाहकार तथा त्रिशिद्देश्वोरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल,सन्जय परियार,ट्रक यातायात ब्यबसायी महासंघका सचिब उमेश चन्द्र मज्गैया, अखिल नेपाल यातायात मजदुर संघका प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु , यातायात ब्यबसायीहरु लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको सहजीकरण दिलिप सोनीले गरेका थिए ।