दाङमा आज ७ जना संक्रमित थपिए

दाङ
२१ साउन / दाङमा आज थप ७ जनामा कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा पिसिआर परिक्षण गर्दा घोराहीका ४ जना, तुलसीपुर, लमही र राप्तीका १/१ जना संक्रमित थपिएका हुन् ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या एक सय १ सय ५० पुगेको छ । ति मध्ये एक सय २५ जना घरमा, एचडीयुमा १७ जना र आईसियूमा ४ जना रहेका छन् ।


त्यस्तै आज दाङमा १५ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका १० जना, तुलसीपुरका ३ र लमहीका र राप्तीका १/१ जना रहेका छन् ।