
दाङ, २५ पुस ।
दाङमा ठुलो मात्रामा अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्युठान स्वर्गद्धारी नगरपालिका २ बस्ने ३९ वर्षिय निम बहादुर आले, प्युठान नौबहिनी गाउँपालिका २ बस्ने २१ वर्षिया देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका ७ बस्ने २९ वर्षिय प्रकास घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।
बुधबार साझ करिब ७ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट डिएसपी ईश्वर थापाको नेतृत्वमा खटि गएको प्रहरी टोलीले २४ किलो ७१० ग्राम अवैध लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु घोराही–१३ सिर्जनशिल टोलस्थित रहेको कुल बहादुर बस्नेतको घरको तल्लो फल्याटमा कोठा भाँडा लिई बस्दै आएका थिए ।
उनीहरु डेरा गरी बस्ने कोठामा खानतलासी गर्दा निम बहादुर आले, देउकली बुढामगर समेतले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्साकोठामा प्लाष्टिकको ड्रम भित्र प्लाष्टिकको विभिन्न पोका बनाई राखेको अबस्थामा २४ किलो ७१० ग्राम तौल भएको लागुऔषध ९चरेश० बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । २५ पुष २०८१, बिहीबार ०९:३१ बजे