संघीय सांसदलाई ‘मोहित’ पारेको स्थानीय सरकार

संघीयताको मर्म पनि त्यही थियो –स्थानीय तह जनताका भरोसाका केन्द्र बनुन् । स्थानीय तहहरु ससक्त भएपछि अहिले संघीय सांसदहरुसमेत मोहित भएका छन् । पहिले महानगर, उपमहानगर, नगर तथा गाउँपालिका प्रमुखमा चुनाब लडन अनुरोध गर्दै धेरैले नाक खुम्च्याए । धेरैजनाले अस्वीकार गरे । सबैले संघीय सांसद नै ताके । तर, पाँच बर्षको अबधीमा धेरै कुरा सिकाइको विषय बन्यो । संघीयताको मोडेल अनुसा स्थानीय तहहरु बलिया भए । सांसदहरु तथा प्रदेशका मन्त्रीहरु भन्दा बढि अधिकार स्थानीय तहका जनप्रतिनिधिमा भयो । आर्थिक परिचालनका हिसाबले एउटा वडाध्यक्ष नै सांसद बढि बढि शक्तिसाली देखिए । जनताले सांसद भन्दा सम्बन्धित ठाउँको वडाध्यक्षबाट बढि भरोसा मान्न थाले–किनकी उनीहरु प्रत्येक्ष रुपमा जनतासंगै रहन्थे । यी सबैकुरा अभ्यासले देखाएपछि अहिले संघीय सांसदहरु, केन्द्रीय नेताहरुले नै स्थानीय तहको प्रमुख ताकेका छन् ।

केही दिन अघि मात्रै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले फ्रान्सका पूर्वप्रधानमन्त्री एडवर्ड फिलिपनै त्यहाँको लि हार्वे नगरको मेयर भएको उदाहरणदिदै पूर्व प्रधानमन्त्रीहरु पनि मेयरमा लड्दा अनुभव, दक्षता हुने भावको स्टाटस्, लेखेपछि यसले स्थानीय तहको महत्वलाई थप ओजिलो बनाएको छ । राष्ट्रियसभा सदस्य भइसकेकी कोमल वली तुलसीपुर उपमहानगरपालिकाको मेयरमा उठ्ने दाउ हेरिरहेकी छिन् । यसरी धेरै सांसदहरुले स्थानीय तहका प्रमुखहरुलाई रोजिरहेका छन् । यसले एउटा सकारात्मक सन्देश दिएको छ । स्थानीय तह जनतासंग प्रत्येक्ष जोडिने सरकार भएकाले पनि यी सरकार चलाउनहरु दक्ष, अनुभवि, जनताको मर्म बुझ्ने खालको हुनुपर्छ । केन्द्र तथा प्रदेशमा मन्त्री चलाएकाहरु, संघमा लामो समय अनुभव गरेकाहरु नै स्थानीय सरकार हाँक्न आएपछि त्यसले स्थानीय तहलाई थप मजबुद बनाउन सक्छ ।


स्थानीय तहहरु यो ५ बर्षमा सिकाइकै रुपमा विते । स्रोत साधनले पर्याप्त हुँदा पनि अध्ययनमा कमी, विषयबस्तुको ज्ञानमा कमी, कार्यकर्तामुखी, कर्मचारीलाई परिचालन गर्न सक्ने क्षमतामा कमीजस्ता कारणले ५ बर्षमा उल्लेख्य उपलब्धी हुन सकेनन् । बरु उल्टै वेरुजुको चाङ बढ्यो । यो भनेको स्थानीय तहका जनप्रतिनिधिहरुको असक्षमताले नै हो । त्यसैले अहिले चलिरहेको दक्ष,विज्ञ ब्यक्तीहरु ल्याउने कुरामा सबैले समर्थन गरौं र आगामी निर्वाचनबाट सक्षम र कुसल ब्यक्तीलाई ल्याऔं ।साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person