युवा संघ भन्छ : ‘प्रहरीले उपाध्यक्ष गिरीमाथि कुटपिट ग¥यो’

दाङ, २१ साउन ।
नेकपा एमाले निकट युवा संघ दाङका उपाध्यक्ष हरिष गिरीमाथि प्रहरीले कुटपिट गरेको भन्दै संघले आपत्ति जनाएको छ ।  विहीबार एक विज्ञप्ति जारी गर्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले कार्यकक्षमै हातपात गरेको भनिएको छ । संघका अध्यक्ष प्रेम बुढाद्वारा जारी गरिएको विज्ञप्तिमा तल्लो स्तरको शब्द प्रयोग गरि डीएसपीकै कार्यकक्षमा शर्माले कुटपिट गरेको भन्दै आपत्ति जनाएको हो । साथै संघले हातपात गर्ने प्रहरी निरीक्षक शर्मामाथि कारवाहीको माग समेत गरेको छ । यदि आफ्नो माग सुनुवाई नगरेर जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

घटना यस्तो थियो
विज्ञप्ति अनुसार केही महिना अघि गिरीले गरेको व्यबसायमा अवरोध गरि केही व्यक्तीले ज्यान मार्नै धम्की दिने गरेका थिए । उनीहरुलाई पटक–पटक सम्झाउदा पनि नमानेपछि तीन महिना पछि ईप्रका तुलसीपुरमा उजुरी गरिएको थियो । तीन महिना पुग्दा पनि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । सोही क्रमाम सोमबार ज्यान मार्ने धम्की दिने ब्यक्ती भेटिएको र उनी भेटिए लगतै ईप्रका तुलसीपुरका प्रमुख श्यामु अर्याललाई गिरीले फोन गरेर पक्राउ गर्न अनुरोध गरेका थिए ।


प्रहरी आउन केही ढिला भएपछि ती ब्यक्तीहरुलाई नभाग्न आग्रह गरि बाटो छेक्दै प्रहरीलाई छिटो आउन आग्रह गरेका थिए । विज्ञप्तिमा जनाईए अनुसार ति व्यक्तीले रक्सी खाएका थिए । त्यही क्रममा गिरीलाई गालीगलौज गर्दै भाग्न खोजीरहेको बेला हातपात गर्न खोजेपछि दुबै तर्फबाट हातपात भएको थियो । त्यसको २५ मिनेटपछि प्रहरी आएर ति व्यक्तीलाई गाडीमा हालेर लगेको थियो । गिरी पनि प्रहरी कार्यालय गएको बेला प्रहरीले बल जफत गरि मोवाईल खोसेर थुनामा राखेको विज्ञप्तिमा भनिएको छ । उनलाई थुनामा राखेको डेढ घण्टा पछि प्रतिवादी माधव रेग्मी र नेता गिरी मिल्ने सहमति पछि दुबै जनालाई डीएसपीको कार्यकक्षमा लगिएको थियो । त्यही क्रममा प्रहरी निरीक्षक शर्माले हातपात गरेको जनाईएको छ ।

हातपात भएको होईन् : डीएसपी
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले भने गिरीमाथि हातपात नभएको बताए ।“उहाँहरुको विवाद हामीकहाँ आएको थियो”, उनले भने“त्यही क्रममा दुबैजनालाई मिलाएर पठाएका हौं, त्यस्तो हातपात भएको होईन् ।”