लाएन्स क्लब अफ तुलसीपुर इसान र तुलसीपुर सामुदायिक अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य सेवा

तुलसीपुर, २० चैत ।


तुलसीपुर क्षेत्रमा रहेर सामाजिक काम गर्दै आइरहेको लाएन्स क्लब अफ तुलसीपुर इसानले आज तुलसीपुर सामुदायिक अस्पताल संगको सहकार्यमा तुलसीपुर-६ स्थित मानव सेवा आश्रम मा रहेका करिब ४० जना मनोरोगीहरु लाई निःशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरेको छ। स्वास्थ्य परिक्षण संगै आवश्यक पर्ने औषधी पनि निःशुल्क दिएको तुलसीपुर सामुदायिक अस्पतालका म्यानेजिङ डाइरेक्टर सुरज ज्ञवालीले जानकारी दिए । समाज सेवाको निरन्तरता लाई अझ फराकिलो रुपमा सामाजिक काम गरेको लाएन्स क्लब अफ तुलसीपुर इसानका अध्यक्ष बुद्ध प्रकाश सिंहले बताए । खाद्यान्नको मात्र सेवा पाइरहेको अबस्थामा हाम्रो आश्रमले निःशुल्क स्वास्थ्य सेवा पाएकोमा तुलसीपुर सामुदायिक अस्पताल र लाएन्स क्लब अफ तुलसीपुर इसान लाई मानव सेवा आश्रम दाङ जिल्लाका संयोजक उर्बिन सापकोटाले धन्यवाद व्यक्त गरेका थिए । उक्त निःशुल्क सेवामा भैरहवा मेडिकल कलेजमा कार्यरत मानसिक तथा नसा रोग विशेषज्ञ डा. सन्जिब साहले स्वास्थ्य परिक्षण गरेका थिए । साथै सम्पुर्ण मनोरोगीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न आवश्यक रहेको पनि डा. सन्जिब साहले बताए ।