स्थानीय तहमा कस्तो ब्यक्ती ?

नेत्रलाल भट्टराई ( नारायण )

बि.स. २०७४ शालमा पहिलो स्थानीय तहको निर्वाचन पश्चात् हाम्रो देश नेपाल मुख्य:त अहिलेको संविधान कार्यान्वयन तथा संघीय गणतन्त्रलाई सस्थागत गर्ने चरणमा प्रवेश गर्यो। पहिलो निर्वाचन पश्चात् निर्बाचित जनप्रतिनिधिहरुको यो पहिलो आफ्नो कार्यकाल अवधी भर केहि राम्रो गर्ने प्रयन्त रह्यो र राम्रो  अनुभव सङ्गाल्ने एउटा अवसर रह्यो ।

हुनत नेपालको संविधान तथा कानुनले स्थानीय तहमा  दिएको धेरै अधिकार केन्द्रले प्रत्यापरण नगर्नु , स्थानीय सरकार संचालन गर्ने ब्यक्तीहरुले आफ्नो जिम्मेवारी, भुमिका पुर्णरुपमा नबुझ्नु, नबुझाउनु, स्थानीय, प्रदेश र संघ बिच सहि तरिकाले कोर्डिनेशन नहुनु आदिले पनि स्थानीय तहले गर्ने  काममा निपुर्णता नभएको हुनसक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय गतिविधिलाई कसरी शुशासन युक्त बनाउन सकिन्छ भन्ने कुरा हो ? स्थानीय सरकार प्रमुख तथा उसको मातहतका सम्पुर्ण बडिले सुशासन कायम गर्न सके मात्रै अपेक्षित लक्ष्य प्राप्त गर्न सकिन्छ ।

अहिले नेपाल सरकारले  यहि २०७९ शाल बैशाख ३० गते नै सम्पूर्ण ७५३ स्थानीय तहको निर्वाचन गर्ने निर्णय पश्चात् अहिले सबै ठाउँमा स्थानीय निर्वाचनको चहलपहल पहल बढदो छ, यहाँ कृयाशिल पार्टीहरु आफ्नो पार्टीको तर्फबाट उम्मेद्बारी उठाउन उम्मेद्बार छनोटको प्रक्रियामा छन र छिट्टै नै उम्मेद्बारहरु घोषणा गर्दै छन तर संविधानको मर्मअनुसार स्थानीय सरकारले गर्ने काम कर्तव्य अधिकारलाई ब्यबस्थित तरिकाले सम्पन्न गर्न र स्थानीय जनताहरुलाइ सम्पुर्ण सुबिधाको सुनिस्चित गर्न कस्तो जनप्रतिनिधि आवस्यक पर्छ त? के-कस्तो ब्यक्तीले स्थानीय सरकार कुशलतापुर्बक अगाडि बढाउन सक्छ, हो यहि बिसयमा आज यहाँ उल्लेख गर्न खोजिएको छ।

स्थानीय निर्वाचन मार्फत निर्बाचित जनप्रतिनिधिले विभिन्न क्षेत्र जस्तै: स्वास्थ, शिक्षा, कृषि , पर्यटन, उद्योग, स्थानीय स्रोत, साधनको सदुपयोग, स्थानीय सम्पदाको संरक्षण तथा प्रबर्द्धन गरि स्थानीय अभिभावबको भुमिका निर्बाह गर्नुपर्ने अहिलेको आवस्यकता छ। सर्बप्रथम कुशल नेतृत्वकर्ताले  संविधान अनुरुप स्थानीय तहले के-कस्ता कामहरू गर्न सक्छ भन्ने कुरा बुझ्न र जानकारी लिनु अनिवार्य हुन्छ त्यसपछि सोही अनुरुप  योजना नीतिनिर्माण तथा कार्यान्वयन गर्न सहज हुन्छ।

स्थानीय सरकारले मुख्यतया :
क) शाशकिय ब्यबस्था एबम सुशासन अन्तर्गत स्थानीय सुसासन र सेवा प्रबाह गर्ने,

ख) अर्थ अन्तर्गत स्थानीय योजना, कर एबम बित्त ब्यबस्थापन तथा सहि तरिकाले सदुपयोग तथा संचालन गर्ने,

ग) उद्योग बाणिज्य आपूर्ति अन्तर्गत उधमशिलता, ब्यबसायिक सीप बिकास गर्ने, लघु , घरेलु तथा साना उद्योगको निर्माणको लागि बाताबरण सृजना गरि तिनीहरुको प्रबर्द्धन र बिकास गर्ने, बजार अनुगमन गर्ने, आम उपभोक्ताहरुको हत हितको विषयमा जनचेतनामुलक अभियानहरु संचालन गर्ने आदि,

घ) उर्जा जलस्रोत तथा सिचाइ अन्तर्गत ग्रामीण जलस्रोतको ब्यबस्थापन, 3 मेगावाट क्षमता सम्मका जलविद्युत आयोजना निर्माण , सोही क्षमताका सौर्य उर्जा आयोजना संचालन गर्ने, साना जलस्रोत संरचनाको पुनर्निर्माण, पुनस्र्थापन, मर्मत सम्भार तथा ब्यबस्थापन , ग्रामीण तथा सामुदायिक बिधुतिकरण, स्थानीय खोला नियन्त्रण, बाढी पहिरो रोकथाम , घरेलु तथा सामुदायिक बायोग्यास प्रणालीको बिकाश गर्ने आदि,

ङ) कानुन, न्याय तथा संसदिय मामिला अन्तर्गत स्थानीय सरकारका जनप्रतिनिधिहरुको न्याय सम्पादन सङ्ग सम्बन्धि तालीमहरु आयोजना गर्ने, कानुनी शिक्षा सचेतनाका कार्यक्रमहरु, स्थानीय मेलमिलाप तथा मध्यस्थताका कामहरु, स्थानीय कानुनको निर्माण तथा कार्यान्वयन आदि,


च) कृषि तथा पशुपन्छी बिकास अन्तर्गत कृषि तथा पशुपन्छी उत्पादन अभिबृदी गर्ने कार्यहरु, कृषी तथा पशु प्रसार सम्बन्धि कार्यहरु, कृषि क्षेत्रको ब्याबसायिककरण बजारीकरण तथा औद्योगिकरण आदि अभियानहरु संचालन गर्ने र उचित बाताबरण मिलाउने,

छ) भुमि ब्यबस्था, शहरी तथा गरिबी निवारण सम्बन्धि कार्यहरुमा रास्ट्रिय स्तरमा प्रभाव नपर्ने स्थानीय नाप, नक्सा, सिमा नापी आदि कार्य गर्ने, मुक्त कमैया, हलिया लगायत गरीब लक्ष्यित कार्यक्रमहरु संचालन गर्ने, गूठीकोष तथा ट्रस्टहरुको ब्यबस्थापन गर्ने आदि

ज) खानेपानी अन्तर्गत आधारभूत खानेपानी आयोजनाको निर्माण, बितरण तथा अनुगमन गर्ने, आम मानिसलाई स्वस्थ सर्बसुलभ खानेपानीको ब्यबस्थापन गर्ने, ग्रामीण खानेपानी, सरसफाइ तथा फोहोर मैला ब्यबस्थापन आदि,

झ) गृह अन्तर्गत मानव बेचबिखन, लागु औषध कारोबार सम्बन्धि घटना नियन्त्रण गर्ने, तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, आवस्यक परेमा नगर प्रहरी नियुक्ति गरि उचित काममा लगाउने, स्थानीय शान्ति  कायम गर्ने समिति निर्माण तथा अभियान चाल्ने, विभिन्न बिपत ब्यबस्थापन सम्बन्धि कार्यहरू आदि,

ञ) खेलकुद अन्तर्गत स्थानीय युवा जागरण तथा शशक्तिकरण सम्बन्धि कार्यहरु, युवा लक्षित उधमशिलता तथा नेतृत्व बिकास सम्बन्धि तालीमहरु, स्थानीय स्तरमा खेलकुद बिकास तथा पुर्बाधार निर्माण तथा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरि खेल क्षेत्रलाइ प्रबर्द्धन गर्ने आदि,

ट) भौतिक पुर्बाधार तथा यातायात अन्तर्गत स्थानीय सडक तथा सामुदायिक पुर्बाधारको  बिकाश तथा बिस्तार , ग्रामीण सडक तथा यातायात नीति , अनुमती , नियमन तथा ब्यबस्थापन सम्बन्धि कार्यहरू , स्थानीय सडक निर्माण , स्तरउन्नोती तथा सडक सुरक्षा सम्बन्धि कार्यहरु गर्ने आदि,

ठ) महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि कार्यहरुमा स्थानीय स्तरका महिला बिकास कार्यक्रमहरु , सचेतनाका कार्यक्रमहरु, तालीमहरु, सामाजिक सुरक्षा, संरक्षण प्राप्त गर्ने परिचयपत्र बितरण , बालसोशण मुक्त समाज निर्माण आदि कार्यहरु गर्ने,

ड) शिक्षा अन्तर्गत अनौपचारिक शिक्षा, शाक्षरताका कार्यक्रमहरु, बालबिकाश कार्यक्रम, शैक्षिक तथ्यांक र अभिलेख ब्यबस्थापन , गरिब , द्वन्दपीडितहरुको लागि शिक्षाको ब्यबस्थापन , विभिन्न छात्रवृत्तिका आदि कार्यक्रमहरु, शिक्षकलाइ विभिन्न विषयगत तालीमहरु, प्रशिक्षणहरु आयोजना गर्ने आदि त्यतिमात्र नभयर स्थानीय स्रोतसाधनलाइ सहि तरिकाले सदुपयोग गर्ने गरि विभिन्न योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, स्थानीय स्तरमा विभिन्न स्वरोजगारका कार्यक्रमहरु संचालन गर्ने,स्थानीय राम्रा ठाउँहरुलाइ संरक्षण गरि तिनीहरुको पुनः निर्माण गर्ने, प्रबन्धन गर्दै पर्यटन ब्यबशायलाई प्रमोसन गर्ने आदि  सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको शुशासन कायम गर्ने आदि कार्यहरु स्थानीय सरकार प्रमुख तथा उसको मातहतका सम्पुर्ण बडिले गर्नुपर्ने हुन्छ ।

स्थानीय प्रमुख तथा वडा प्रमुखको जिम्मेवारी लिन खोज्ने ब्यक्ति सर्बप्रथम त शुशासन युक्त हुनु अनिवार्य हुन्छ , स्पष्ट भिजन भयको , सबै सङ्ग कोर्डिनेशन गर्न सक्ने, सबैलाई सम्मान गर्दै  मिलायर अघि बढन सक्ने , विभिन्न क्षेत्रको ज्ञान, अनुभव प्राप्त, जिम्मेवारी प्रति इमानदारीता, बफादार बन्न सक्ने, म होईन हामी हौ भन्ने भावना भएको, सबै क्षेत्रमा दख्खल राख्न सक्ने, स्पष्ट बक्ता, अहिलेसम्म कुनै बिबादास्पद नभएको,  सरल जिवम शैली अपनाउने, निरोगी, बहुप्रतिभाको खानी, कम बोल्ने धेरै सुन्ने र  विश्लेषण बढी गर्ने बानी भएको, आम जनतालाइ शिरमा राखेर जनता प्रति सदैब बफादार बन्न सक्ने, मिजाशिलो, मिठास, बौद्धिक तथा समय-समाज बुझेको ब्यक्ती नै वडा तथा स्थानीय सरकारको प्रमुख हुनुपर्छ तबमात्र हामीले सोचेको स्थानीय तह बनाउन सक्छौ र हामी सबैको भलो हुन्छ । (लेखक नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष हुन् ।)