पछिल्लो समय मानविय कार्यले गर्दा बनजंगल मासिदै गएको छ । जनसंख्या बृद्धिले बनजंगल मासेर खेति गर्ने, आगलागी हुने जस्ता कार्यले वन मासिदै गएको छ । यसरी वन मासिदा पनि जलवायुमा निकै असर गर्ने गरेको छ । वन मासिदा नै अहिले वातावरणमा विभिन्न समस्याहरु देखिदै आएका छन् । वनले नै वातावरणलाई सन्तुलन गरिरहेको हुन्छ । पानीका मुहानहरुलाई संरक्षण गरिरहेको हुन्छ । तर, वन नै विनास हुँदा नै अहिलेको अबस्था आएको छ । पछिल्लो समय पूर्वाधार निर्माणमा बैज्ञानिक नहुँदा पनि वन मासिदै गएको अबस्था छ । वनको बीचबाट सडक निर्माण गर्ने तथा वनकै जग्गामा अन्य भवनलगायतका संरचना बनाउने पनि गरिदै आईएको छ । यसले पनि बनलाई मिच्दै लगेको देखिन्छ । अर्को तर्फ वन चोरी निकासी गर्नेहरुले पनि वनलाई सिध्याई रहेका छन् ।
वन मासिदा त्यसले पृथ्वीमा रहेका सबै प्राणीलाई असर गरिहेको हुन्छ । पृथ्वीमा रहेको अन्य जनावरहरु लोप हुँदा त्यसले वातावरणमा पनि निकै असर गरिरहेको हुन्छ । गिद्ध, सर्प लोप भएमा पृथ्वी दुषित हुन्छ । यी प्राणीले पृथ्वीमा हुने विषाक्त चिनलाई नियन्त्रण गर्ने गर्छन । तर, बन मासिदै गएमा यी पनि लोप हुने अबस्था र पृथ्वीलाई दुर्गन्धित बनाउने अबस्था आएको छ ।
वन संरक्षण गर्न विभिन्न अभियान त चलिरहेका छन् । तर, ति अभियानहरु प्रभाबकारी रुपमा अघि बढ्न सकेका छैनन् । रुख रोप्ने तर, संरक्षण गर्न चासो दिइएको छैन । वन रोप्ने मात्रै नभई संरक्षण गर्न तर्फ पनि ध्यान दिनुपर्छ । वन संरक्षण गर्ने दायित्व हामी सबैको हो । मानिस सचेत प्राणी भएकाले वन जोगाउने कुरामा ख्याल गर्नुपर्छ । यसकालागि सचेतना आबश्यक छ । बैज्ञानिक बन ब्यबस्थापनको अवधारणा अघि सारिएको भएपनि त्यो पनि प्रभाबकारी रुपमा अगाडी बढ्न सकेको छैन् । त्यस्तै अहिले खोलाको किनारमा रुख रोपेर पनि सामुदायिक वन बनाउने गरिएको छ । वन तथा खाली रहेको क्षेत्रमा यसरी नै रुख रोप्ने र संरक्षण गर्ने हो, भने त्यसले वातावरणलाई धेरै नै स्वच्छ राख्न सक्छ । यसलाई प्रोत्साहन गर्न आबश्यक देखिन्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ५ कार्तिक २०८१, सोमबार २०:५३ बजे