उच्च अदालत तुलसीपुरमा मतदान सुरु, ६ जिल्लाका ७० जना मतदाता

निराजन डाँगी
तुलसीपुर, १९ चैत ।
दाङ तुलसीपुरको उच्च अदालतमा मतदान सुरु भएको छ । नेपाल बार एशोसिएशनको २६ औँ निर्वाचन अन्तर्गत दाङको तुलसीपुरमा ६ जिल्लाका अधिवक्ताहरुले मतदान गदैछन । दाङको तुलसीपुर सहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र प्युठानका अधिवक्ताहरु मतदाता रहेका छन् ।
मतदान अधिकृत पुष्करराज भण्डारीका अनुसार जम्मा ७० जना अधिवक्ता मतदाता रहेका छन् । नेपाल बार एशोसिएशनको २६ औँ कार्यसमितिको निर्वाचन सुरु भएको छ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
बाईट ः पुष्कर राज भण्डारी , मतदान अधिकृत
बारको निर्वाचनका लागि आज शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ः०० बजेदेखि मतदान सुरु भएको छ । मतदान बेलुका ४ः०० बजे सम्पन्न हुनेछ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ । निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन ्। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।