नियतमा खाेट छैन, कमिकमजाेरी भए सच्चिन तयार छाैं: मुख्यमन्त्री आचार्य

दाङ, २५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गर्नु भएको छ । उहाँले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गर्नु भएकाे हाे ।

नेपाल पत्रकार महासंघ दाङ शाखाकाे आयाेजनामा मंगलबार घाेराहीमा मिडिया मन्थन पुस्तककाे विमाेचन समाराेहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलाेचना गर्न आह्वान गर्नु भयाे।`सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलाेचना गर्नुस् । हामी सच्चिन तयार छाैं’ उहाँले भन्नुभयाे-`आलाेचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलाेचनाबाट सच्चिएर अघि बढ्छाैं ।´ मुख्यमन्त्री आचार्यलेले नियतमा खाेट नभएकाे, कमिकमजाेरी भए सच्च्याउन तयार रहेकाे स्पष्ट पार्नु भयाे ।

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेकाे र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताकाे बन्धनमा राखिएको स्पष्ट पार्नु भयाे ।

`मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छाैं । याे आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीकाे नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ´उहाँले भन्नुभयाे-´जिल्ला भ्रमणकाे क्रममा हुने हाेटलकाे खर्चकाे बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छाैं ।´


पूर्व बिशिस्ट व्यक्तिकाे नाममा सरकारकाे ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेकाे भनाइ उहाँकाे छ ।`पदबहाली गरेकाे ४७ दिन भयाे । सरकारले याे अवधिमा सुशासन, पारदर्शीकाे क्षेत्रमा केही महत्त्वपूर्ण कामहरु अघि बढाएका छाैं´उहाँले भन्नुभयाे-´सरकारले जनतामा आशा जगाउन काम थालेकाे छ । यहाँहरुकाे सहयाेगकाे खाँचाे छ ।´उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गर्नु भएको छ ।`पत्रकारीतामा नयाँ आयाम थप्ने काम गरेकाे छ । विश्वसनिय सूचना र समाचारकाे अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेकाे छ´उहाँले भन्नुभयाे-´समाज रुपान्तरणकाे लागि मिडिया क्षेत्रकाे भूमिका महत्त्वपूर्ण छ । जनताकाे पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हाे । संघियतालाई बलियाे बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।´

मन्त्री न्याैपानेले प्रदेशले गरेका राम्रा याेजना र कामहरुकाे प्रचारप्रसार बढाउनुपर्ने,राम्रा कामकाे प्रचार गरेर अघि बढ्नुपर्ने बताउनु भयाे । संघियताकाे मर्म अनुसार प्रदेश सरकारले काम गरेकाे भन्दै आम जनताकाे दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गर्नु भयाे । तीन तहकाे सरकारकाे विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशकाे विकासकाे लागि सहकार्य जरुरी रहेकाे स्पष्ट पार्नु भयाे ।

पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने, नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गाैतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन, नेपाल संस्कृति विश्व विद्यालयका रजिस्ट्रार माधव अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी,नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकी, नेपाली कांग्रेस दाङका काेषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य लगायतले समाजलाई सहि दिशा प्रदान गर्न मिडियाकाे भूमिका महत्त्वपूर्ण रहेकाेमा जाेड दिनु भएको छ ।

महासंघका उपाध्यक्ष बसुन्धरा गाैतमकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव आरके शितलले गर्नु भएको थियाे ।