नेकपा एकीकृत समाजवादीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

दाङ, १८ चैत
नेकपा एकीकृत समाजवादी पार्टीले आज भिविन्न ठाउँमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । पार्टीले आज तुलसीपुर, घोराही उपमहानगर, लमही नगरपालिका, शान्तीनगर, दंगिशरण र बबई गाउँपालिकामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको हो ।

आउदै गरेको चुनावलाई मध्यनजर गर्दै समाजवादी पार्टीले भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको दाङ जिल्ला प्रचार बिभाग प्रमुख तथा तुलसीपुर नगर सचिव दिपक कुमालले जानकारी दिनुभयो । उहाले अझै अभियानलाई निरन्तरता दिने बताउनु भएको छ ।

केन्द्रिय कार्यतालिका अनुसार १५ दिनसम्म गर्ने भेला तथा प्रशिक्षणमा आज एकै दिन दाङका विभिन्न स्थानमा भेला तथा प्रशिक्षण दिएको बताउनुभयो । तुलसीपुर नगर कमिटी अध्यक्ष बिष्णु थापाको अध्यक्षता तथा केन्द्रिय सचिव भागवत विश्वासीको प्रमुख आतिथ्यता एवं दाङ ईन्चार्ज जोगबहादुर रानाको बिशिष्ट आतिथ्यतामा तुलसीपुरमा भेला भएको हो ।


त्यसैगरी एमप्रसाद आर्चायको अध्यक्षता तथा केन्द्रिय सदस्य सारदा स्वणर्कारको प्रमुख आतिथ्यतामा घोराहीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । लमही नगरपालिकामा मिना गुरुङको अध्यक्षता तथा केन्द्रिय सदस्य मेटमनी चौधरीको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण भएको हो ।

दंगिशरण गाउँपालिकामा भरत पुरीको अध्यक्षता एवं प्रदेश कमिटी सदस्य लिला डागीको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण भएको हो । बबई गाउँपालिकामा दिलबहादुर ओलीको अध्यक्षता तथा हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यस्तै शान्तीनगर गाउँपालिकामा खम्बु जैसीको अध्यक्षता तथा केन्द्रिय सदस्य अनारकली मियाको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण भएको हो । यसैगरी गढवा गाउँपालिकामा राम प्रसाद गैरेको अध्यक्षता एवं मेटमनी चौधरीको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण भएको हो ।