धनौरीमा सञ्चालन भएको श्रीमद्भागवत ज्ञान सप्ताह महायज्ञको समापन

धनौरी,२१ पुष ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले गुणस्तरीय प्राविधिक शिक्षाको विकास हुन सके युवा बिदेशीने क्रम रोकिने बताउनुभएको छ।

शान्तिनगर गाउँपालिका ७ धनौरीमा रहेको शिवशक्ती माध्यमिक विद्यालय धनौरीमा सञ्चालन भैरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले शान्तिनगर गाउँपालिकाको अधिकांस स्थानीय कृषि पेशामा आबद्ध भएको बताउदै कृषिलाई आधुनिकरण गर्न प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

विद्यालयको भौतिक विकास तथा प्राविधिक धार सञ्चालनका निम्ति प्रमुख वाचकका रुपमा केशवाचार्य सुर्यपाकी प्रमुख वाचक रहनुभएको महायज्ञको समापन समारोहका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष बस्नेतले विद्यालयले महायज्ञको आयोजना गरेर किसान परिवारका छोराछोरीलाई पठनपाठनमा सहजता पुर्याउने एउटा सुरुवात गरेको बताउदै विद्यालयको भौतिक विकास तथा प्राविधिक धार सञ्चालनका निम्ति पालिका स्तरबाट हुने सहयोगमा कुनै कमि हुन नदिने बताउनुभयो ।


गत पुष १२ गतेदेखि सुरु भएको महायज्ञको शुक्रबार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको अध्यक्षता,शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा शान्तिनगर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तारा बहादुर वलीको बिशिस्ट आतिथ्यतामा सम्पन्न गरिएको हो । आर्थिक हिसाबकिताब भने सचिवालयको बैठक पश्चात सार्वजनिक गरिने महायज्ञका आर्थिक समिति संयोजक हेमन्त कुमार शर्माले जानकारी दिनुभयो ।

खुमराज रेग्मीले सञ्चालन गरेको समापन समारोहमा विद्यालयका प्रधानाध्यापक ठुमराज लामिछाने,महायज्ञमा सबैभन्दा धेरै ३ लाख ५१ हजार ३ सय ३३ रुपैयाँ सहयोग रकम दान गर्ने शान्तिनगर ७ धनौराका डिल्ली बहादुर बुढाथोकीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

महायज्ञका उपवाचक पण्डित खगेन्द्र बस्याल, विद्यालयका पुर्व शिक्षक तथा सल्लाहकार राम बहादुर केसी, चौधरी समुदायका मतवा कालिचरण चौधरी, शान्तिनगर ७ वडा सदस्य सन्तोषी चौधरी, सामुदायिक रेडियो हापुरेका महासचिव प्रेम बहादुर राम्जा लगायतकाले बोल्नुभएको थियो ।