माओवादी केन्द्र दंगीशरण २ को बंगलापुर,कौवाघारीमा टोल कमिटि गठन

तुलसीपुर
१७ चैत / नेकपा माओवादी केन्द्रले दंगीशरण २ को बंगलापुर र कौवाघारीमा टोल कमिटि गठन गरेको छ । बुधबार विष्णे सार्कीको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा सुग्रिप विक,सचिबमा दिनेश नेपाली,कोषाध्यक्षमा उदय परियारलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा कलबहादुर नेपाली,लालबहादुर कामी,मानबहादुर नेपाली, नवीन भण्डारी,भुपमबहादुर विक,मनसरी विक, नारायण विक, सरिता कुँवरलगायतलाई चयन गरिएको छ । पार्टीका वडा इञ्चार्ज भरत परियारको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य एवं गाउँपालिका इञ्चार्ज हिरालाल वली‘बज्र’को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा बज्रले माओवादीकै एजेण्डामा देश चलेको भन्दै उनले यसलाई रक्षागर्न सबै तहमा पार्टीले जित हाँसिल गुर्नपर्ने बताए । त्यस्तै विशिष्ट अतिथि पार्टीका गाउँपालिका अध्यक्ष मनिराम चौधरी‘जेहेन्दार’,नेता ज्योति चौधरी, नेता धनवीर चौधरीलगायतले अबको स्थानीय तहको चुनाबमा अहिलेसम्मका उपलब्धीलाई रक्षा गर्न माओवादी केन्द्रले विजयी हाँसिल गर्नुपर्ने बताएका थिए ।