थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं, २३ भदौ ।
पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् र कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४७३ रहेको छ ।