कपुरकोटमा पिपिआर रोग विरुद्ध खोप अभियान, भेडाबाख्रामा रोग फैलन पाएन

सल्यान, १६ चैत ।

सल्यानको कपुरकोट गाउँपालिकामा भेडा बाख्रामा लाग्ने पिपिआर रोग विरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । यो रोग देखाप¥यो भने गाउँभरकै भेडाबाख्रा सखाप हुन सक्ने भएकाले किसानहरुको टोल, वस्ती र घर सम्मै पुगेर कपुरकोट गाउँपालिकाले खोप लगाउन शुरु गरेको हो । हाल सम्म १५ हजार चार सय बढी भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको पशुपन्छी विकाश शाखाले जानकारि दिएको छ । अन्य वडामा खोप अभियान सञ्चालनन भइरहेको र अवको केही दिनमै वडा नम्बर ५ मा पनि पिपिआर रोग विरुद्ध खोप लगाइने शाखाले जनाएको छ ।


भेडाबाख्रामा महामारी फैलिन नदिन र निरोगी भेडाबाख्रा पालनको लागि गम्भीर रुपमा लागिएको पशुपन्छी विकाश शाखा प्रमुख पशु स्वास्थ्य प्राविधिक अरुणा भण्डारीले जानकारि दिइन् । यस वर्ष २० हजार भेडा बाख्रालाई खोप लगाइने उनले बताइन् । कपुरकोट गाउँपालिकामा पछिल्ला हरेक वर्षमा यो खोप लगाउदै आएको र जसका कारण रोग फैलन नपाएको नायव पशु सेवा प्राविधिक अविकिरण डिसीले जनाए ।

पशुपालन व्यवशायलाई प्रवद्र्धन गर्नका लागि विभिन्न योजना र कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ । किसानलाई पशुपन्छीमा लाग्ने रोगको बारे जानकारी गराउने, खोप, औषधि तथा उपचार प्रदान गर्ने लगाएतका सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए । पशु बन्ध्याकरण सेवा, पशुवस्तुलाई आवश्यक पौष्टीक तत्व पुर्तिका लागि कार्यक्रम सञ्चालन गरिएको पनि उनले जनाए ।