१४ओैं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता हापुरेमा सुरु

अस्मिता बस्नेत
हापुरे  १२ चैत ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १४ ओैं राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता दाङको हापुरेमा सुरु भएको छ। बबई युवा तथा खेलकुद परिसद बबई गाउँपालिकाको आयोजनामा तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।

बबई शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मोहनलाल दाहालको अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता, बबई गाउँपालिका उपाध्यक्ष शाबित्रा बिश्वकर्मा तथा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।


बबई युवा तथा खेलकुद परिसद सदस्य सचिव नरेन्द्र लाल भारतीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बबईका सचिवालय सदस्य पदम खड्का, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव पुर्ण बहादुर के।सी नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य टंकराज बिश्वकर्मा बबई गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष नन्दलाल वली लगायतले बोल्नु भएको थियो ।

बबई गाउँपालिकाका भित्रका ९ वडा माद्यामिक बिद्यालयको सहभागितामा तीन दिन सम्म सन्चालन हुने हुने रनिङसिल्डमा यथ्लेटिक्स, भलिवल, खोखो, कपर्डी लगाएतका खेलकुद हुने बताईएको छ । कार्यक्रमको सञ्चालन अर्जुन परियारले गर्नुभएको थियो ।