अमृत एकाडेमीद्वारा कक्षा-१० का विद्यार्थीलाई विदाइ

दाङ, १२ चैत ।
ज्ञानज्योती फाउन्डेसन द्वारा संचालीत तुलसीपुर १९ बिजौरीमा रहेको अमृत एकाडेमीले आज कक्षा १० विद्यार्थीलाई विदाइ गरेको छ । अमृत एकाडेमीमा अध्ययनरत कक्षा ९ का विद्यार्थीले १० का विद्यार्थीलाई विदाई गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलाधर सिजवाले अमृत एकाडेमीबाट यस बर्ष एसईइ दिने विद्यार्थीको प्रथम बर्ष भएकाले आगामी दिनको उज्वल भविष्यको कामना गर्नु भएको छ ।
उहाँले विद्यालयमा सिकेको ज्ञान, शिक्षा र संस्कारलाई आत्मसात गर्दै आफु र आफुले पढेको विद्यालयको नाम उच्च रहने गरि सधै सत्मार्गमा हिड्न सुझाव दिनु भएको छ ।
त्यस अबसरमा कक्षा १० का विद्यार्थी अम्बिका श्रेष्ठ, सन्तोष रोका, सन्देश मल्ल र कक्षा ९ का रम्बा खत्रीले विद्यालय प्रति सधै सकारात्मक रहने बताएका छन् । त्यस्तै विद्यालयका सहप्रधानाध्यापक नारायण अधिकारी, विद्यालयका शेयर सदस्य नारायण रेग्मी, शिक्षक तथा अभिभावक तारा श्रेष्ठ लगायतले बोल्नु भएको हो ।
कक्षा ९ का छात्र सागर बस्नेतको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक लिलाधर सिजवालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कक्षा ९ का छात्रा कल्पना बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शेयर  सदस्य भिम सुवेदी र कक्षा ९ का छात्र जीवन रेग्मीले गर्नु भएको हो ।।