वाईसिएल दंगीशरणकाे अध्यक्षमा बिक

दाङ १२ चैत ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) नेपाल दंगीशरण गाउँ पालिकाको अध्यक्षमा माधव विक चयन हुनु भएको छ ।
आज शनिबार गाउँ पालिकाको सभा हल हेकुलीमा भएको प्रथम भेलाले विकको अध्यक्षतामा ७१ सदस्यीय गाउँ कमिटी चयन गरेको हो ।

वाइसीएलको गाउँ उपाध्यक्षमा सुरेश चौधरी, गणेश चौधरी र दिनेश नेपाली चयन भयका छन । त्यसै गरि सचिवमा बिष्णु एरी, सह सचिवमा राधी चौधरी , राकेश चौधरी , सिरिसा बस्नेत र कोषाध्यक्षमा सृजना बस्नेत चयन भएका छन् ।


माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यहरू भिम बहादुर वली ड्राइभर , हिरालाल चौधरी बज्र , भिम बहादुर वली महेश , प्रदेश सदस्य तथा वाइसीएलका लुम्बिनी प्रदेश सहसंयोजक प्रविन वली, पार्टीका गाउँ कमिटी अध्यक्ष मनिराम चौधरी जेहेन्दार , अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सचीव मदन जि।एम ,वाइसीएल लुम्बिनी सदस्य तथा दाङ जिल्ला इन्चार्ज माधव बुढाथोकी दाङ जिल्ला संयोजक अम्मर नेपाली माइकल लगायतको उपस्थितिमा प्रथम भेला भएको हो ।

गाउँ संयोजक माधव बि।क को अध्यक्षतामा भएको भेलाको सञ्चालन गाउँ कमिटी सचीवालय सदस्य प्रविन योगीले गर्नुभएको थियो ।