तुलसीपुर नगरस्तरीय लक्षित कार्यक्रमको समापन

अस्मिता बस्नेत
तुलसीपुर ११, चैत ।
दलित कल्याण संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित नगर स्तरिय लक्षीत कार्यक्रम अन्तरगत ३ दिने कानुनी सचेतना तथा मनोसामाजिक परामर्स तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रम संस्थाका अध्यक्ष नरसिंह बिकको अध्यक्षता तथा तुलसीपुर १५ का वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको होे ।


कार्यक्रममा वडा सदस्यहरु बिमल चौधरी, झुपलाल बुढाथोकी, द्रोपता रैदास लगायतले बोल्नु भएको थियो । तालिममा निबर्तमान कार्यपालिका सदस्य जानुका रेग्मी, सहभागिको तर्फबाट महिला स्वास्थ स्वयंसेबिका इश्वरा रेग्मीले लगायतले आफुले सिकेको सिपलाइ व्यबहारमा उतार्नु पर्ने धारणा राख्नु भएको थियो । ३ दिन सम्म सञ्चालन भएको तालिममा आमासमुह र स्वास्थ स्वयंसेविकाको उत्साहजनक सहभागिता रहेको थियोे भने कार्यक्रमको सहजिकरण जानुका बिश्वकरमाले गर्नुभएको थियोे ।