रोल्पामा ब्राउनसुगर सहित २ जना पक्राउ

रोल्पा,१ साउन ।
रोल्पामा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी गाउँपालिका ६ पन्तिवाङ निवासी २२ वर्षीय सगुन पुन मगर र २० वर्षीय युवान घर्ती रहेको प्रहरीले जानकारी दिएको छ ।

माडी गाउँपालिका २ पिपलबोटबाट २२ मिलिग्राम ब्राउनसुगर सहित उनिहरुलाइ सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।


इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले घर्तिगाउँबाट कोर्चावाङतर्फ जाँदै गरेको रा ६ प ४९०२ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।