नेपाली कांग्रेस बबईद्वारा घाईते खत्रीलाई आर्थिक सहयाेग

सवा अन्सारी
हापुरे १२  चैत।
दाङको बबई गाउँपालिकाकाे हापुरेमा रुखबाट लडेर घाईते भएका मान्ता खत्रीलाई  आर्थिक सहयाेग गरिएको छ । नेपाली कांग्रेस बबईकाे पहलमा नेपाली कांग्रेस बबईका नेता चन्द्र बहादुर वली र राम प्रसाद बि.क.काे काे सकृयतामा संकलन भएकाे भएको रकम १८ हजार ८ सय ५५ रुपैयाँ आज एक कार्यक्रमका बिच घाइतेका परिवारलाई हस्तान्तरण गरिएको हाे ।
गत माघ ०९ गते आफ्नै घर छेउको रुखबाट घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते हुनुभएका खत्रिकाे मेरुदण्ड भाचिएकाे थियोे । उहाँको मेरुदण्डको अप्रेसन गरिए पनि अहिले कम्बरदेखि तलकाे भाग नचल्ने भएको उहाँकि श्रीमती रामकली खत्रीले जानकारी दिनुभयो । आर्थिक अवस्था कम्जाेर भएको भन्दै उहाँले सबेैलाई सहयाेग गरिदिन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका कृयाशिल सदस्य समेत रहेका खत्रिकाे आर्थिक अवस्था पनि कम्जोर भएका कारण थाेरै भए पनि आफ्ना कार्यकर्ताकाे घाउमा मलम लागाेस् भनेर आर्थिक सहयाेग गरिएको नेपाली काङ्ग्रेस बबईले जानकारी दिदै सबैले सहयाेग गरिदिन आग्रह गरिएको छ।