शिवशक्ति मा.वि.को तुलसीराम नेपाली जहेन्दार छात्रबृत्ति सृष्टि खत्रीलाई

राजपुर-१२ कार्तिक । यस वर्षको तुलसीराम नेपाली स्मृति जेहेन्दार छात्रवृत्ति श्री शिवशक्ती माध्यमिक विद्यालय भौवानाकाका विद्यार्थी सृष्टि खत्रीलाई प्रदान गरिएको छ ।

राजपुर गाउपालिका वडा नं.७ भौवानाकामा रहेको उक्त विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरि खत्री लाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । रु ७ हजार रुपैयाँको राशि रहेको उक्त छात्रवृत्ति २०८० सालमा स्वर्गीय पुर्व छात्र तुलसीराम नेपालिको स्मृतिमा स्थापना गरिएको तुलसीराम नेपाली स्मृति जेहेन्दार छात्रवृत्ति हरेक वर्ष एसइइमा विद्यालयबाट उत्कृष्ट अंक ल्याउने एक विद्यार्थीलाई प्रदान गर्ने गरिन्छ ।

विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मंगल खड्काको अध्यक्षता तथा स्वर्गीय तुलसीराम नेपालीका बुवा तथा अक्षयकोष दाता जित बहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले आफ्नो स्वर्गीय छोराको स्मरण गर्दै छोराको पढ्ने चहान पूरा नभए पनि यो छात्रवृत्तिले कसैको पढाइमा हौसला हुन सक्ने र यसले छोराको आत्माले शान्ति पाउने तथा परिवारलाई पनि खुसी मिल्ने बताउनुभयो ।


सोही वडाको स्याउले नाका बस्ने नेपालीको २०७९ साल पुस २६ गते ईन्टरनेट सेवा प्रदायक कम्पनी वोड्र्लिंकमा काम गर्ने क्रममा बिजुलीको करेन्ट लागेर १८ वर्षको उमेरमा मृत्यु भएको थियो ।

मृतक नेपालीका परिवारले २०८० सालामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको विद्यालयमा तुलसीराम नेपाली स्मृति अक्षयकोष स्थापना गरि हरेक वर्ष व्याज वाफत आउने रु ७ हजार रुपैयाँ एसइइमा उत्कृष्ट हुने एक जना विद्याथीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अक्षयकोष तथा पुरस्कारको महत्व र स्वर्गीय तुलसीराम नेपालीको जीवनीको बारेमा प्रधानाध्यापक लिलाधर बि.क.ले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक नन्दराम वलीले गर्नु भएको थियोे ।